बन्ध्याकरण गर्ने ८८७ मध्य पुरुष छ जनामात्र - Akhabaronline
समाचार

बन्ध्याकरण गर्ने ८८७ मध्य पुरुष छ जनामात्र

विराटनगर १८ माघ । मोरङको कटहरी गाउँपालिका भौडाहामा शहीद दिवसको दिन परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविर आयोजना गरिएको थियो। त्यहाँ करिब ६० जना महिलाको उपस्थिति थियो। शिविरमा बन्ध्याकरण गराउन आउनेको भीड थामिसक्नु थिएन तर पुरुष भने थिएनन्।
रमिता हेर्ने बाहेक सेवा लिन आउने पुरुष एक जना पनि थिएनन् र कसैले नाम दर्ता पनि गराएनन्। मिनिल्याप सेवा लिन आएकी सरोजादेवी सरदारले पनि पतिलाई भ्यासेक्टोमी नगर्न सल्लाह दिएको बताइन्। ‘हामी दिनभरि घरमा बस्छौँ, पुरुष कमाउन जान्छन् र बलको काम पनि गर्नुपर्छ’, सरदारले भनिन्, ‘त्यसैले मैले नै शल्यक्रिया गर्ने निधो गरेकी हुँ।’ परिवार नियोजनको स्थायी बन्ध्याकरण सेवा लिन आएकी उर्मिला सरदारको भनाइ पनि उस्तै छ। गोरखापत्रमा समाचार छ ।

AKHABAR ONLINE TV

Related Articles

Back to top button