बम्जनको सिन्धुली आश्रममा प्रहरीको छापा, महात्मा गुरु भनिने इन्द्रबहादुर पक्राउ - Akhabaronline
मुख्य खबरसमाचार

बम्जनको सिन्धुली आश्रममा प्रहरीको छापा, महात्मा गुरु भनिने इन्द्रबहादुर पक्राउ

काठमाडौ २६ पुस । लिटिल बुद्धको नामले चिनिएका रामबहादुर बम्जनको सिन्धुली आश्रममा विहिबार प्रहरीले छापा मारेको छ । छापा मार्ने क्रममा प्रहरीले एकजना महात्मालाई पक्राउ गरेको छ । सिन्धुपाल्चोक प्रहरी र सिन्धुली प्रहरीको संयुक्त टोलीले सिन्धुलीको कमलामाई नगरपालिका ८ पैरे धापसार आश्रमबाट महात्मा गुरु भनिने इन्द्रबहादुर स्याङ्तानलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले बताए।

यस अघि प्रहरीले बम्जनको सिन्धुपाल्चोकस्थित इन्द्रावति गाउँपालिका ६ बाडेगाउँमा रहेको आश्रममा समेत छापा मारेको थियो। सो आश्रमबाट प्रहरीले केही शंकास्पद वस्तुहरू भेटेको जनाइएको छ। बम्जनले आश्रममै केही आनीहरूको हत्या, बलात्कार गरेको उजुरी प्रहरीमा पुगेपछि उनको आश्रममा प्रहरीले छापा मार्न सुरु गरेको थियो।

बाराको रतनपुरी गाउँ नजिकैको वनबाट तपस्या सुरु गरेका बम्जनले पछिल्लो दशकमा मुलुकको विभिन्न ठाउँमा आश्रम बनाउँदै आफ्नो वासस्थान समेत फेरिरहेका छन्। बम्जनको आश्रम बारा बाहेक सिन्धुपाल्चोक, लमजुङ र सर्लाही जिल्लामा समेत रहेको प्रहरीको भनाइ छ।

AKHABAR ONLINE TV

https://www.youtube.com/watch?v=4Q7gtHFgv_c&t=2s

Related Articles

Back to top button