बरिष्ठ पत्रकार पुरुषोत्तम दाहालको ‘शान्ता’ उपन्यासको अग्रेजी संस्करण लोकार्पण, लक्ष्मी गिरीलाई ‘किङ अफ एक्टर’ को उपाधी - Akhabaronline
मुख्य खबरसमाचार

बरिष्ठ पत्रकार पुरुषोत्तम दाहालको ‘शान्ता’ उपन्यासको अग्रेजी संस्करण लोकार्पण, लक्ष्मी गिरीलाई ‘किङ अफ एक्टर’ को उपाधी


काठमाडौं २१ कात्र्तिक । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११० औं जयन्तीका अवसर वरिष्ठ पत्रकार एवं साहित्यकार पुुरुषोत्तम दाहालद्धारा लिखित शान्ता उपन्यासको अंग्रेजी संस्करणको राजधानीमा लोकार्पण गरिएको छ। विराट समाजद्धारा आयोजित कार्यक्रममा वरिष्ठ सँस्कृतिविद् सत्यमोहन जोशीले शान्ता उपन्यासको अंग्रेजी संस्करणको लोकार्पण गरेका हुन् ।

कार्यक्रममा जोशीले मृत्यसँग नडराईकन अर्काको जीवन बचाउनका लागि शान्ता दाहालले कलेजो दान गरेको घटनामा आधारित उपन्यास शान्तालाई पाठ्यक्रम विकास केन्द्रले तत्कालै पाठ्क्रयममा समावेश गर्न सुुझाव दिए। बिदेशी साहित्यका कथालाई पाठ्क्रममा समाबेश गर्नुभन्दा स्वदेशकै यस्ता अनुकरणीय व्यक्तिका जीवन नयाँ पुुस्तालाई पढाएर आदर्श सिकाउनुपर्ने उनको भनाई थियो।

कार्यक्रममा उपन्यासका लेखक वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले शान्ता उपन्यासको नेपाली संस्करण लोकार्पणका बेला सत्यमोहन जोशीले अंग्रेजी भाषामा प्रकाशित गर्न हौसला दिनुभएकोले नै आजको दिनमा यो सम्भव भएको बताए । त्यसैगरी कार्यक्रममा सहभागी कलाकार लक्ष्मी गिरी ‘किङ अफ एक्टर’ भएको बताए । उमेरले लक्ष्मी गिरी जेठो पाको भएपनि उनको अभिनय अझै युवावस्थाकै जस्तो भएको भन्दै गिरीलाई ‘किङ अफ एक्टर’ को संज्ञा दिएको बताए । चलचित्र छक्का पञ्जामा लक्ष्मी गिरीको अािभनय हेदा अझैपनि पाको उमेर जस्तो नदेखिने भन्दै सोही चलचित्रको अभिनयबाट आफु प्रेरित भएको समेत दाहालले बताए ।

तिहारको अवसर पारेर विराज समाजले हरेक बर्ष देउसी भैलो तथा शुभकामना आदनप्रदान कार्यक्रम सञ्चालन गर्दै आएको छ । सोही अवसरमा आयोजित कार्यक्रममा दाहालको उपन्यास पनि विमोचन गरिएको हो । कार्यक्रममा पूर्व प्रधान सेनापति रुक्माङगत कटवाल लगायत विभिन्न नेताहरुको सहभागिता रहेको थियो । उपन्यासको लोकार्पण पछि समाजले देउसीभैलो कार्यक्रम सञ्चालन गरेको थियो ।

AKHABAR ONLINE TV 

Related Articles

Back to top button