मनोरञ्जन
बर्षकै उत्कृष्ट भोजपुरी गायकको अवार्डद्वारा सन्तोष राज सम्मानित
काठमाडौँ, २४ भाद्र । लोकप्रिय गायक तथा संगीतकार संतोष राज वेस्ट भोजपुरी सिंगर अफ दी इयरबाट सम्मानित भएको छ । ओएस नेपाल म्यूजिक अवार्ड २०७४ को कार्यक्रममा गायक तथा संगीतकार राजलाई सो सम्मान गरिएको हो ।
राजधानीको भद्रकाली स्थित नेपाल आर्मी अफिसर क्लब काठमाडौँ ओएस नेपाल म्यूजीक अवार्डद्वारा आयोजित उक्त कार्यक्रममा गायक तथा संगीतकार राजलाई भोजपुरी सिंगर अफ दी इयर अवार्डबाट सम्मानित गरिएको हो । गायक तथा संगीतकार राजलाई विभिन्न म्यूजीक अवार्डबाट सम्मानित गरिएको हो ।
उनी हिन्दि मैथिली, भोजपुरी तथा नेपाली भाषाका विभिन्न एल्बमहरुमा आफ्ना सुमधुुर संगीत दिएका छन । गायक राजले दर्जनो एल्बममा काम गर्नु भएको छ । उनले ४ सय भन्दा बढि गितहरुमा संगीत भरेका छन ।