काठमाडौं । बैदेशिक रोजगार विभाग काठमाडौ कार्यालयका कर्मचारीको सक्रियतामा तराइका बाढीपीडितहरुलाई राहत संकलन गरिएको छ ।
विभागको सक्रियतामा संकलन गरिएको ७२ हजार ५५ रुपैया प्रभावित क्षेत्रमा पठाउनका लागि श्रम मन्त्रालयमा पठाइएका निजामती कर्मचारीहरुको आधीकारिक ट्र«ेड युनियन विगागीय कार्यसमित श्रम तथा रोजगार मन्त्रालयका आधिकारिक अध्यक्ष सुदर्शन खनालले बताए ।
खनालका अनुसार बाढी तथा डुवानबाट प्रभावित क्षेत्रका जनतालाई केहीमात्रामा भएपनि राहत पुगोस भन्ने पवित्र मनसायले वैदेशिक रोजगार प्रतिनिधि संघ, बैदेशिक रोजगार विभाग काठमाडौ कार्यालयका कर्मचारी एवं वैदेशिक रोजगार प्रतिनिधिहरुबाट उक्त रकम सङकलन गरि मन्त्रालय मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गरिएको बताएका छन ।
गत साउन २७ गते परेको अबिरल वर्षाको कारण तराइका अधिकांश डुवानमा परेका थिए । हजारौको घरबार विचल्नी भएको छ ।
