बालकृष्ण खाँणलाई अदालत लगियो - Akhabaronline
मुख्य खबरराजनीति

बालकृष्ण खाँणलाई अदालत लगियो

काठमाडौँ २७ बैशाख । नक्कली भूटानी शरणार्थी प्रकरणमा आफनै निवासबाट पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई जिल्ला अदालत काठमाडौँमा लगिएको छ ।

प्रहरीले बुधबार बिहान पक्राउ गरेको खाँणलाई हिरासतमा राख्न अनुमति लिन जिल्ला अदालतमा लगेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँबाट उनलाई अपरान्ह ३ बजे बबरमहलस्थित जिल्ला अदालत काठमाडौं लगिएको हो ।

नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पाउने ठगी प्रकरणमा अनुसन्धानका लागि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

Related Articles

Back to top button