तेह्रथुम १० पुस । बिबाह मण्डपमा नै बेहुली कुटिएको खबर हामीले कमैमात्रामा सुनेका छौ तर नेपालमा नै यस्तो घटना भएको छ । पूर्वी नेपालको तेह्रथुममा यस्तो घटना भएको हो । तेह्रथुमको फेदाप गाउँपालिका–३, जलजलेमा सोमबार राति १०ः३० बजे विवाह भइरहेको अवस्थामा बिबाह मण्डपमा नै बेहुली कुटिएकी हुन । रातीको समयमा बेहुलीको घरमा स्थानीयवासी युवाको समूहले आक्रमण गरेको थियो ।
उनीहरूको कुटपिटबाट बेहुली प्रतिक्षा सम्बाहाम्फे र अन्य तीन जना घाइते भएका छन् । प्रहरीले विवाहमा कुटपिट गर्ने १९ वर्षका सरोज लिम्बू, १४ वर्षका ओमन लिम्बू, २१ वर्षका दिनेश लिम्बू, १९ वर्षका सुदीप लिम्बू र १७ वर्षका मन्दिप लिम्बूलाई नियन्त्रणमा लिएको छ ।
कुटपिटबाट घाइते भएकी बेहुलीको थप उपचारका लागि विराटनगर पठाइएको र अन्य घाइते बेहुलीका दाजु देउमान लिम्बू, सुमन खापुङ र टीकादेवी सम्बाहाम्फेको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
जलजलेकी प्रतिक्षाको पाँचथरको फाल्गुनन्द गाउँपालिका–१, नवमीडाँडाका सचिन आङदेम्बेसँग विवाह भइरहेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।