बिरालो मारेको अभियोगमा अदालतले सुनायो ट्याक्सी चालकलाई २ वर्षको जेल सजाय - Akhabaronline
Highlight

बिरालो मारेको अभियोगमा अदालतले सुनायो ट्याक्सी चालकलाई २ वर्षको जेल सजाय

काठमाडौ ३ माघ । विरालो मारेको अभियोगमा एक जना ट्याक्सी चालकलाई अदालतले दुई वर्षको जेल सजायको फैसला गरेको छ। गर्भवती भएको विरालोलाई मारेको अभियोगमा मलेसियाको अदालतले बिहीबार ती चालकलाई जेल सजायको फैसला गरेको अधिकारीहरुले जनाएका छन्।

जनावर अधिकारवादी कानुन व्यवसायी ए। मोहनराजले अनावश्यक रुपमा चालकले विरालोलाई मारेको अभियोग लगाउदै कारबाहीको माग गरेका थिए। क्वालालमपुरदेखि बाहिर रहेको कपडा धुने ठाउँमा गत सेम्टेम्बरमा घटना भएको बेर्नामा समाचार संस्थाले जनाएको छ। विरालोको हत्यासम्बन्धी दृश्य सिसिटिभीमा खिचिएको थियो र त्यो सामाजिक सञ्जालहरुमा भाइरल भएको थियो। घटनामा दुई व्यक्ति संलग्न थिए।

एक जना महिलाले मारिएको त्यो विरालोको शव प्रहरी कार्यालयमा लगेर उजुरी दिएकी थिइन्। दोषी ठहर गरिएको ४२ बर्षिय मोहनराजले आफूले जानीजानी विरालोको हत्या नगरेको दावी गर्दै आएका छन्। तर उनको आग्रह र दावीलाई अस्विकार गर्दै अदालतले बिहीबार दुई वर्षे जेल सजाय सुनाएको छ। यस्तो आरोप लागेका अभियुक्तहरुलाई बढीमा तीन बर्ष जेल सजाय गर्न सकिने कानूनी व्यवस्था भएपनि न्यायधिशहरूले दुई बर्ष तोकेका हुन्।

Related Articles

Back to top button