बुटवल उपमहानगरपालिकाका वडासचिव पक्राउ - Akhabaronline
मुख्य खबरसमाचार

बुटवल उपमहानगरपालिकाका वडासचिव पक्राउ


काठमाडौ ९ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुटवल उपमहानगरपालिका वडानम्वर १३ का वडासचिव भरत काउचालाई पक्राउ गरेको छ ।

अख्तियारको टोलीले आज बिहान बुटवलको हाटवजार लाइनबाट काउचालाई पक्राउ गरेको जनाएको छ । काउचाले पञ्जीकरण जन्म, मृत्यु, विवाह, सम्वन्ध विच्छेद र बसाइँ सराइ जस्ता व्यक्तिगत घटनाको दर्तामा सेवाग्राहीसँग घुस लिएको बताइएको छ ।

अख्तियारको टोलीले काउचालाई पक्राउ गरी उनको पसल सिल गर्न लागेको प्रहरीले जनाएको छ ।

Related Articles

Back to top button