बुद्धभूमि नपाको बजेट ६४ करोड २२ लाख, के के मा खर्च हुदैछ ? - Akhabaronline
अर्थअर्थतन्रा

बुद्धभूमि नपाको बजेट ६४ करोड २२ लाख, के के मा खर्च हुदैछ ?

कपिलवस्तु २९ भदौ । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको पहिलो नगर सभाले आर्थिक वर्ष २०७४÷७५ का लागि करिब रु ६४ करोड २२ लाख बजेट विनियोजन गरेको छ ।

नगर प्रमुख केशवकुमार श्रेष्ठले मंगलबार भएको प्रथम नगर सभामा रु ६४ करोड २२ लाख ८७ हजार २३० बराबरको बजेट विनियोजन गरेको हो ।

यसमध्ये पूँजीगततर्फ रु ४८ करोड ८१ लाख दुईहजार २०० र चालुतर्फ रु १५ करोड ४१ लाख ८५ हजार बराबरको रकम विनियोजन गरिएको छ ।

साथै, नगरपालिकाको कार्य सम्पादनलाई छिटो, छरितो, पारदर्शी एवं सेवाग्राहीमैत्री तुल्याउने, व्यवस्थापकीय क्षमता अभिवृद्धिमा जोड दिने, संस्थागत क्षमता विकास, खोजमूलक र अनुसन्धानमूलक पत्रकारितालाई प्रवद्र्धन गर्नेजस्ता नीति तथा कार्यक्रमसमेत नगरसभामार्फत पारित गरिएको नगर प्रमुख केशवकुमार श्रेष्ठले जानकारी दिए ।

लक्षित वर्ग, महिला तथा पछाडि परेकालाई समाहित गर्ने तथा शिक्षा, स्वास्थ्य, कृषि, सडक, वन, वातावरणजस्ता क्षेत्रमा लगानी तथा दिगो विकासमा योगदान पु¥याउने कार्यक्रमसमेत नगरपालिकाले पारित गरेको छ ।

Related Articles

Back to top button