बोल्नै नसक्ने भए डा‍. केसी, सरकारको ध्यान अन्तै - Akhabaronline
समाचार

बोल्नै नसक्ने भए डा‍. केसी, सरकारको ध्यान अन्तै

काठमाडौं १५ माघ । आँखा चिम्लेर पल्टिरहन्छन्। कोही भेट्न आउँदा पुलुक्क हेर्छन्। गल्दै गएपछि फेरि आँखा बन्द गर्छन्। आगन्तुकहरु हेरेरै फर्किन्छन्। २० दिनदेखि अनशनरत डा। गोविन्द केसीको मुटुमा समस्या बढ्दै गएको छ। उनको दुई पटक एन्जियोग्राम गरिसकिएको छ।
उनको शरीर कमजोर बन्दै गएको छ। बोलीसमेत निस्किँदैन। मुस्किलले साउती गर्छन्। परेला बाट्टिएका छन् तर, ६३ वर्षीय केसीले औषधी खान मानेका छैनन्। नजिक आउने चिकित्सकलाई उनी इशारा गर्छन्। उनको इशारा र मनस्थिति बुझेर काम गर्नुपर्ने अवस्था छ। केसीको अवस्था जटिल हुँदै गइरहेको उपचारमा संलग्न त्रिवि शिक्षण अस्पतालका क्रिटिकल केयर विशेषज्ञ डा‍। प्रमेश श्रेष्ठले जानकारी दिए।
केसीलाई अहिले रिंगटा लाग्ने, छाती दुख्ने र सास लिन गाह्रो हुने समस्या देखिएको छ। सुत्न अप्ठेरो भएको छ। मुटुको धड्कनमा उतारचढाव आइरहेको छ। शरीरमा पोटासियम अत्यन्त न्यून छ। ‘यस्तो अवस्थामा मुटुको चालमा गडबडी हुने सम्भावना हुन्छ,’ श्रेष्ठले भने। आजको अन्नपूर्णपोष्टमा समाचार छ ।

Related Articles

Back to top button