ब्रम्हायणीको मूर्ति कसले चोर्यो ? - Akhabaronline
मुख्य खबरसमाचार

ब्रम्हायणीको मूर्ति कसले चोर्यो ?

ललितपुर १९ पुस । लतिपुरको सुनाकोठी स्थित मन्दिरबाट ब्रम्हायणीको मूर्ति चोरी भएको छ । मन्दिर नजिकै रहेको सत्तलमा राखिएको ब्रम्हायणीको मूर्ति चोरी भएको प्रहरी वृत्त चापागाउँले जनाएको छ ।

मन्दिर निर्माणाधिन अवस्थामा रहेकाले सत्तलमा राखिएको मूर्ति बुधबार बिहान ५ बजे नित्य पूजा गर्न गएका बेला हराएको थाहा भएको हो ।

डेढ फिट उचाईको पित्तलको मूर्तिमा सुनको जलप लगाइएको प्रहरीले जनाएको छ । प्रहरीले हराएको मूर्ति खोजी गरिरहेको छ । यो भन्दा अघि ब्रम्हायणीको मूर्ति तीनपटक चोरी भएको थियो ।

Related Articles

Back to top button