दिपक लिम्बुको नयाँ गीत : ब्रिटिशको लाहुरे भन्दा मनले चाहेको खोजेपछि.. (भिडियो सहित)
बाआमाले सकेसम्म आफनी छोरीको विहे लाहुरेसंग गराइदिन पाए हुन्थ्यो भन्ने सोच राखेका हुन्छन । पढाइमा अब्बल लाहुरेलाई आफनी छोरीको विहे गराउने सबै अभिभावकको चाहना हुन्छ । तर लाहुरे भन्दैमा मन मिलेन भने त्यो छोरीको जीवन सधै पीडामा वित्न सक्छ भन्ने कुरा सबैले थाहा पाएकै हो ।
पहिले पहिले बाआमाले केटा खोजेर छोरीको विहे गरिदिने चलन थियो । र अझै पनि कुनाकुनामा यो चलन रहिरहेको छ । तर, अहिले परिस्थिति बदलिएको छ । जीवन विताउने छोरीले आफुनो मन मिल्ने जीवन साथी खोज्न थालेका छन । वास्तवमा त्यो सही पनि हो जोसंग मन मिल्छ उसैसंग जीवन विताउन सहज हुन्छ । यही प्रसंगसंग दिपक लिम्बु र अल्का कार्की दोलीसंग मिल्न गएको छ । तर अल्का र दिपकको रियल लाइफ नभएर उनीहरुद्धारा स्वरसजित गीत ‘बाबाले रोजेको’ बोलको गीतमा यो भाव झल्किएको छ । थम्पशेर राइको शब्द संगीत रहेको उक्त गीतको म्युजिक भिडियो सर्वजनिक भएको छ ।
दशकौदेखि म्युजिक भिडियो निर्देशन गर्दै आएका आशिक राइको निर्देशनमा निर्माण भएको उक्त गीतको म्युजिक भिडियो निकै आकर्षक बनेको छ । रामकृष्ण चौलागाइको छायाँकन तथा अर्जुन पोखरेलको सम्पादनमा तयार भएको सो गीतको भिडियोमा पुष्प खडका र अस्मिताको अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो