भष्ट्रचारको मुद्धा लागेको चुडामणी शर्माको नाम वरिष्ठताको आधारमा एक नम्बरमा (नामावली सहित) - Akhabaronline
मुख्य खबरसमाचार

भष्ट्रचारको मुद्धा लागेको चुडामणी शर्माको नाम वरिष्ठताको आधारमा एक नम्बरमा (नामावली सहित)

काठमाडौ १० पुस । सामान्य प्रशासन मन्त्रालयले बरिष्ठताको आधारमा सहसचिवहरुको नामावली सार्वजनिक गरेको छ । सार्वजनिक गरेको नामावलीको पहिलो नम्बरमा भ्रष्टाचारको आरोप लागेका सह सचिव चूडामणि शर्माको नामा सार्वजनिक भएको छ । कर्मचारी समायोजनको प्रक्रियामा रहेको मन्त्रालयले प्रशासन समुहतर्फका सह सचिवहरुको बरियताक्रम सार्वजनिक गरेको हो।

कर्मचारी समायोजनका लागि जेष्ठतालाई पहिलो आधार बनाइएकाले मन्त्रालयले जेष्ठताको सूचि सार्वजनिक गरेको हो। शर्माले कर फर्छ्योट आयोगमार्फत भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दासमेत दायर भएको छ। कर फस्र्योट आयोग मार्फत अर्बौ रुपैयाँ छूट दिएर राज्यकोषको दुरुपयोग गरेको आरोपमा शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २९ गते कार्यकक्षबाटै नियन्त्रणमा लिएको थियो ।

६१ दिनपछि शर्मालाई सर्वोच्च अदालतको पूर्ण इजालसले साधारण तारेखमा थुनामुक्त गर्न आदेश दिएको थियो ।

 

Related Articles

Back to top button