भष्ट्राचारले जेलिदै कम्पनी रजिष्टारको कार्यलय, पाँच महिनामा १० कर्मचारीविरुद्ध मुद्दा
काठमाडौं २ माघ । कम्पनी रजिस्ट्रारको कार्यालय यातायात र मालपोतपछि अत्यधिक भ्रष्टाचार हुने अड्डा बनेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार कम्पनी रजिस्ट्रारको कार्यालयमा कर्मचारीले घुस मागेको र दुःख दिएको अत्यधिक उजुरी पर्न थालेको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
१० कर्मचारीविरुद्ध मुद्दा दायर भइसकेको छ। आयोगका कार्यालय सहयोगीदेखि सहसचिवसम्मका कर्मचारीलाई प्रहरी र अख्तियारले प्रतिवादी बनाएर मुद्दा दायर गरिसकेको छ। कम्पनी नवीकरणका लागि घुस दिनेदेखि धनीलाई थाहै नदिई कम्पनी बिक्रीसम्मका गतिविधि कार्यालयमा देखिएको छ।
पटक–पटक आफ्ना कर्मचारी विभिन्न काण्डमा पक्राउ पर्दा पनि सुधारका लागि प्रयत्न भएको छैन। अतिरिक्त कमाइकै लागि सो कार्यालयमा कर्मचारी सोर्सफोर्स लगाएर जाने गरेका छन्। भेट्टाएको नागरिकताका आधारमा कम्पनी दर्ता गरी करोडौँ राजस्व छलीमा साथ दिएको आरोपमा गत साता मात्र सीआईबीले कम्पनी रजिस्ट्रारको कार्यालयका तत्कालीन रजिस्ट्रार सहसचिव तारानाथ अधिकारीसहित तीन कर्मचारीविरुद्ध मुद्दा दायर गरेको थियो।
कोटेश्वर बस्ने लीलाबहादुर श्रेष्ठको हराएको नागरिकताका आधारमा उनीहरूले सुन्द्रादेवी टेलिटक प्रालिनामक कम्पनी दर्ता गरेका थिए। कम्पनीका धनी उपस्थित नै नभई आर्थिक चलखेलका आधारमा कम्पनी दर्ता गरेको भन्दै प्रहरीले अधिकृत टेकबहादुर पुलामी र कार्यालय सहयोगी सुनील कार्कीलाई पक्राउ गरेर मुद्दा दायर गरेको थियो । कम्पनी रजिस्ट्रारमा हुने लापरबाहीका कारण गलत कागजपत्रका आधारमा धेरै कम्पनी दर्ता भएको आशंका गरिएको छ।