भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप मंगलबारबाट - Akhabaronline
खेलकुद

भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप मंगलबारबाट

धनकुटा । शहीद भीमनारायण श्रेष्ठ अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता मंगलबारदेखि सुरु हुदैछ । प्रतियोगिताको लागि सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ। मंगलबार सुरु हुने प्रतियोगिताको १३ औं संस्करण धनकुटाको तल्लो टुँडिखेलमा चार दिनसम्म चल्ने आयोजकले जनाएको छ।
प्रतियोगितामा ‘ए’ डिभिजन टिम ब्वाइज युनियन क्लब काठमाडौं, ‘ए’ डिभिजन टिमका खेलाडी रहेको बिर्ता युथ क्लब झापा, बेलबारी युवा क्लब मोरङ, गोधुली क्लब सुनसरी, आयोजक धनकुटा ११ र गत वर्षको गोल्डकप विजेता भुटानको फ्यान्स क्लब बीआरसी गरी ६ टिम सहभागी हुने आयोजकले जनाएको छ । उद्घाटन खेलमा आयोजक धनकुटा ११ र मोरङको बेलबारी क्लब बीच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिताको विजेता टिमले एक लाख रुपैयाँ र गोल्डकप तथा उपविजेता टिमले ५० हजार रुपैयाँ हात पार्नेछन्। प्रतियोगिता सञ्चालनका लागि १० लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ।

Related Articles

Back to top button