मुख्य खबर
भूकम्प पीडितलाई दिइने टयाक्सीमा ब्यापक भष्ट्रचार, कसको भागमा कति घुस ?
काठमाडौं १८ पुस । कर्मचारीले ६ महिनायता भुकम्पपीडितबाट साढे ७ करोड रुपैयाँभन्दा बढी घुस लिएका छन् ।
एकान्तकुनास्थित यातायात कार्यालयको ुसानाठुला फाँटु का केही कर्मचारीले सरकारले सहुलियतमा उपलब्ध गराएको ट्याक्सी दर्ता र नामसारीका नाममा प्रतिब्यक्ति ५० हजारदेखि एक लाख रुपैयाँसम असुलेका हुन् ।
सरकारले १८ जिल्लाका भुकम्पपीडितलाई गोलाप्रथाबाट १ हजार ५ सय ट्याक्सी वितरण गरेको थियो ।
ट्याक्सी किन्न चाहने पीडितसँग संकलन गरिएको १ लाख ४९ हजार ५ सय ५८ निवेदनका आधारमा गोलाप्रथाबाट उनीहरुलाई छनौट गरिएको थियो ।
त्यसक्रममा ुसंस्थागत र योजनाबद्धु ढंगले घुस असुलिएको श्रोतले बतायो ।, आजको कान्तिपुरमा यो खबर छ ।