दाङ, ३ पुस । तुलसीपुर उपमहानगरपालिका–३ दमार गाउँ निवासी ४१ वर्षीय अमरसिंह केसीले सोमबार बेलुका हराएको नगद प्रहरीले फेला पारेपछि आज सम्बन्धित व्यक्तिलाई फिर्ता दिएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रेम शाहीले सोमबार बेलुका रा४प ८१११ नंको मोटरसाइकलमा सल्यानबाट तुलसीपुरतर्फ आउने क्रममा खसेको रु एक लाख ६४ हजार १९५ सहितको झोला हराएको तुरुन्तै प्रहरीमा खबर गरेपछि प्रहरीले खोजतलास गरेको बताए ।
तुलसीपुरतर्फ आउने सवारी साधनलाई कडाइका साथ चेकजाँच गरेको र सो क्रममा रा१त ३८१ नंको पिकपबाट पैसासहितको झोला फेला पारेको शाहीले जानकारी दिए । फेला पारेको पैसा आज प्रहरीले सम्बन्धित व्यक्तिलाई फिर्ता गरेको छ ।