भोजपुरमा बस दुर्घंटना एकको मृत्यु ८ जना घाइते - Akhabaronline
Highlightसमाचार

भोजपुरमा बस दुर्घंटना एकको मृत्यु ८ जना घाइते

भाजपुर १४ पुस । भोजपुरमा बस दुर्घटना भएको छ । भोजपुर सदरमुकाको बसपार्कबाट धरानका लागि छुटेको को १ ख ३०५९ नम्बरको बस जिल्लाको देउरालीको चौकछेउमा ब्रेक फेल भई दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना यात्रु घाइते भएका छन । सदरमुकामबाट बिहान ११ बजे धरानको लागि छुटेको बस ब्रेक फेल हुँदा सडकमा पल्टिएको हो।

र्घटनामा परी भोजपुरको पुर्वीअरुण गाउँपालिका ३ प्याउलीकी ४९ वर्षीया हेमकुमारी कार्कीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरीक्षक केशव कुमार थेवेले जानकारी दिए। १६ जना यात्रु बोकेको सुम्निमा पारुहाङ यातायातको यात्रुबाहक बस दुर्घटनामा पर्दा रामप्रसाद राई गाउँपालिका ८ बासीखोराका किशोर राई, अरुण गाउँपालिका ३ प्याउलीकी दिलमाया कार्की, प्याउलीकै विष्णुमाया कार्की, भोजपुर नगरपालिका १० भैँसीपंखाकी सीताकुमारी राई, भोजपुर सदरमुकामकी गोमा तामाङ, महालक्ष्मी नगरपालिका ४ धनकुटाका पुष्पबहादुर पौडेल, लिकुवापोखरी संखुवासभाका भूवनसिंह तामाङ र विराटनगर घर भएका बस चालक आशाराम सरदार गम्भीर घाइते भएका हुन्। घाइते सबै यात्रुको जिल्ला अस्पताल भोजपुरमा उपचार हुन नसके पछि सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान रिफर गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

तस्वीर थाहासञ्चारबाट

Related Articles

Back to top button