मकवानपुरमा प्याराग्लाइडिङ उडानको परीक्षया सफल, अनुमतीको तयारी - Akhabaronline
समाचार

मकवानपुरमा प्याराग्लाइडिङ उडानको परीक्षया सफल, अनुमतीको तयारी

काठमाडौ १८ पुस । मकवानपुरमा पनि प्याराग्लाइडिङ उडान सुरु भएको छ । जिल्लाको उत्तरी क्षेत्रस्थित पर्यटकीय नगरी भनेर चिनिएको थाहा नगरपालिकामा प्याराग्लाइडिङको सफल परीक्षण उडान भएसंगै अब यहाँ पनि प्याराग्लाइडिङ सुरु गरिएको हो । प्याराग्लाइडिङ सुरु भएपछि पर्यटकको आकर्षक गन्तब्यका रुपमा यस ठाउलाई लिइएको छ । थाहा नगरकै पर्यटन व्यवसायी बैकुण्ठ थापाले प्याराग्लाइडिङ सेवा सुरु गर्न लागेका हुन्।
थाहानगर–१० को विसिङ्खेलमा रहेको आइतबारे चौरबाट गरिएको परीक्षण उडान सफल भएको र अब व्यावसायिक रूपमा नै प्याराग्लाइडिङ गर्न सकिने पाइलट सागर क्षेत्रीले बताए। पाइलट सागर क्षेत्रीले नै प्याराग्लाइडिङको परीक्षण उडान गरेका थिए। प्याराग्लाइडिङको परीक्षण उडानमा पाइलट क्षेत्री र पर्यटन व्यवसायी बैकुण्ठ थापा सहभागी थिए। प्याराग्लाइडिङको सफल परीक्षणसँगै मकवानपुरको पर्यटकीय क्षेत्र आग्रा, टिष्टुङ, दामन, पालुङ, बज्रबाराहीजस्तै चित्लाङको विसिङ्खेलमा पर्यटकको आवागमन बढ्ने अनुमान गरिएको छ।

Related Articles

Back to top button