मनाङेको शपशबारे दलहरु मौन, सांसद दुई कित्तामा - Akhabaronline
राजनीति

मनाङेको शपशबारे दलहरु मौन, सांसद दुई कित्तामा

पोखरा २२ पुस । सर्वोच्च अदालतको आदेशमा थुनामुक्त भएपछि शपथ ग्रहणका लागि निवेदन दिएर राजनीतिक ‘हटकेक’ बनेका राजीव गुरुङ (दीपक मनाङे) को विषयमा गण्डकी प्रदेशका सांसद दुई कित्तामा विभाजित भएका छन्। यो समाचार आजको नागरिक दैनिकमा छ ।

राजनीतिक जीवनमा आउनुपूर्व ‘डन’ को छवि बनाएका मनाङे तत्कालीन नेकपा एमालेको सहयोगमा मनाङ ‘ख’ बाट प्रदेशसभा सदस्य निर्वाचनमा विजयी भएका हुन्।

निर्वाचन जिते पनि उनले सांसदको हैसियत अहिलेसम्म पाएका छैनन्। शपथ लिनुअघि नै उनी कारागार चलान भए।

मनाङेको निवेदनका विषयमा दलहरूले आधिकारिक धारणा सार्वजनिक नगरे पनि सांसदको धारणा भने फरकफरक छ।

AKHABAR ONLINE TV

 

Related Articles

Back to top button