काठमाडौ १५ पुस । मनिङ स्टार बचत तथा ऋण सहकारीको संस्थाको नबौँ बार्षिक साधरण सभा सम्पन्न भएको छ । काठमाडौको दक्षिकालीमा आयोजित संस्थाको साधारण सभा तथा बनभोज कार्यक्रममा सहकारीका अध्यक्षको प्रतिवेदन, सचिवको कार्यप्रगति विवरण, कोषाध्यक्षको आर्थिक प्रतिवेदन तथा लेखा समितिको प्रतिवेदनलाई सर्वसहमतले पारित गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै सहकारीका अध्यक्ष उत्तम घिमिरेले सहकारीको बारेमा शेयरधनीहरुलाई जानकारी गराउदै सहकारीबीच पारस्पारिक सहयोग भन्ने सहकारिताको सिद्धान्त भएपनि हाम्रो समाजमा सहकारीहरुबीच त्यस प्रकारको सम्बन्ध बन्न नसकेको बताए ।
त्यसैगरी कार्यक्रमा बोल्दै सञ्चालक समितिका सचिव लक्ष्मण पुडासैनीले सहकारी स्थापना गर्दा धेरै मेहनत गर्नु परेको बताउदै हाल मनिङस्टार सहकारीले फडको मारेको बताए ।
साथै कार्यक्रममा कोषाध्यक्ष परमानन्द भण्डारीले सहकारीको आर्थिक बर्ष ७४ ७५ को आर्थिक विवरण पेश गरेका थिए । कोषाध्यक्षको आर्थिक प्रतिवेदनलाई सहसहमत पारित गरिएको थियो ।
कार्यक्रममा लेखा समितिका संयोजक गोकुल रोक्काले सहकारीको नीति नियम अनुसार चल्न सके कुनै पनि सहकारीले टाट पल्टनु पर्ने अवस्था नआउने बताए । रोक्काका अनुसार कतिपय सहकारी नियम अनुसार चल्न नजान्दा टाट पल्टिएको बताए । सहकारीको माध्यमले साधरण ब्यक्तिहरुको जीवनस्तर उक्सिएको बताउदै सं्रोजक रोक्काले भने ‘सहकारीको माध्यमबाट ससना ब्यापारीहरुलाई राहत मिल्नुका साथै आर्थिक जीविको पार्जन गर्ने दरिलो माध्यम सहकारी भएको छ ।’साथै संस्थामा प्रयाप्त तरताको अवस्थामा कोष व्यवस्थापनमा ध्यान दिन सञ्चालकलाई आग्रह गरे ।
कार्यक्रममा नियमित लगानी कर्तालाई् सम्मान समेत गरिएको थियो । संस्थामा ७ सदस्यीय सञ्चालक समिति रहेको छ भने संयोजक सहित ३ सदस्यीय लेखा समिति रहेको छ । संंस्थाले काठमाडौको गोकर्णेश्वर नगरपालिकामा आफनो कार्यथलो बनाइ आर्थिक कारोबार गर्दै आएको छ ।