मन्त्रालय पुगे बरिष्ठ, कनिष्ठले हाक्छन निमित्तको जिम्मेवारी - Akhabaronline
राजनीति

मन्त्रालय पुगे बरिष्ठ, कनिष्ठले हाक्छन निमित्तको जिम्मेवारी

 

काठमाडौं १९ पुस । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनाललाई मन्त्रालय तानेर प्रशासन तथा अनुमतिपत्र शाखा प्रमुख पुरुषोत्तम खनाललाई निमित्तको जिम्मेवारी दिएको छ। प्राधिकरणका कर्मचारीहरूको विनियमावलीले अध्यक्षको अनुपस्थितिमा तत्काल कार्यालयमा हाजिर रहेको वरिष्ठ कर्मचारीले निमित्त प्रमुख भई प्राधिकरणको दैनिक कार्यासञ्चालन गर्ने व्यवस्था छ। आजको कान्तिपुरमा समाचार छ ।
प्राधिकरणका अध्यक्ष दिगम्बर झाले पुस ११ गते राजीनामा दिएपछि आनन्दराज स्वतः प्राधिकरणका निमित्त भएका थिए। मन्त्री र सचिव आफ्नो काम गर्ने तरिकासँग असहज भएकाले आफूलाई मन्त्रालय तानिएको आनन्दराजले बताए। राजस्व लक्ष्य पूरा गर्न अर्थ मन्त्रालय र सञ्चार मन्त्रालयले असार अन्तिममा प्राधिकरणको तीन अर्ब रुपैयाँ सरकारी खातामा जम्मा गर्न दिएको निर्देशन आफूले नमानेको उनको भनाइ छ।

Related Articles

Back to top button