साहित्य
महाकवि देवकोटाको ११४ औँ जन्मजयन्तीमा रचना वाचन
काठमाडौँ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औँ जन्मजयन्ती मनाइएको छ। शुक्रवार नेपाल प्रज्ञाप्रतिष्ठानले औपचारिक कार्यक्रम गरी महाकवि देवकोटाको जन्मजयन्ती मनाएको हो। जन्मजयन्तीको अवसर पारेर प्रज्ञाप्रतिष्ठानको महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्रहालयमा उनको व्यक्तित्व चर्चा तथा रचनावाचन कार्यक्रमसमेत गरेको छ।
महाकवि देवकोटाको जन्म वि सं १९६६ साल कार्तिक २७ गते भएको थियो। महाकवि देवकोटाको निधन वि।सं। २०१६ साल भदौ २९ गते भएको थियो। महाकवि देवकोटाको जन्म लक्ष्मीपूजाको दिन भए पनि प्रज्ञाप्रतिष्ठानले महाकविको जन्मजयन्तीको पूर्वसन्ध्यामा कार्यक्रम गरी महाकविको योगदानको स्मरण गरेको हो।