महादेव त्रिपाठी जब स्टेजमा पुगेर अभिनय गरे नेपालीमात्र होइन अमेरिकनका आँखामा समेत आशु रोकिएन - Akhabaronline
मनोरञ्जन

महादेव त्रिपाठी जब स्टेजमा पुगेर अभिनय गरे नेपालीमात्र होइन अमेरिकनका आँखामा समेत आशु रोकिएन

काठमाडौ २४ पुस । कार्यक्रमको लागि अमेरिका पुगेका जादुगर महादेव त्रिपाठीले अमेरिकामा रहेका नेपालीलाई मात्र होइन अमेरिकनहरुलाई समेत रुवाएका छन । नेपालमा हुने विभिन्न मेला महोत्सवहरुमा जादु देखाउदै आएका त्रिपाठी अमेरिकामा भने अभिनयबाट सबैलाई रुवाएका हुन । म मरे पनि मेरो देश बाची रहोस भन्ने बोलको गीत जब गुञ्जीयो एक जना बुढो मान्छे दाह्री जुंगा फुलेको भेसमा स्टेजमा प्रवेश गरे उनको अभिनय निकै मार्मिक थियो ती बुढा मानिस अरु कोही नभएर जादुगर महादेव त्रिपाठी नै थिए । उनको पफमेन्ट र अभिनयले अमेरिकमा रहेको नेपाली तथा अमेरिकन नागरिक सबैको आखामा आशुका बर्षा भए । त्रिपाठीको अभिनयमा हराउदै नेपालीहरुले स्वदेशको यादमा आसु झारे भने मार्मिक अभिनय गरेको देखेर अमेरिकनको आखामा आसु देखिए ।


कार्यक्रममा करिब हजारको हाराहारीमा सहभागी मध्ये आखामा आँसु नझार्ने कोही पनि थिएन । यसरी सबैको मन छुन सफल भएका महादेवलाई बेस्ट कमेडि एक्टरको अवार्ड समेत प्रदान गरिएको छ । कार्यक्रमको लागि अमेरिका पुगेका त्रिपाठी केही दिनको बसाइपछि नेपाल आउने तयारीमा छन ।

AKHABAR ONLINE TV 

Related Articles

Back to top button