महिला क्रिकेट : उद्घाटन खेल नेपाल भर्सेस चीन - Akhabaronline
खेलकुद

महिला क्रिकेट : उद्घाटन खेल नेपाल भर्सेस चीन

काठमाडौं २७ पुस । थाइल्याण्डमा हुने महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपाली महिला टोलीले चीनको सामना गर्दै प्रतियोगिताको उद्घाटन गर्ने भएको छ । भोलि शनिबारदेखि आगामी माघ ५ गतेसम्म चल्ने उक्त प्रतियोगितामा विभिन्न १० टोलीको सहभगिता रहेको छ।
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा नेपालसहित चीन, संयुक्त अरब इमिरेट्स ९युएई०, मलेसिया र थाइल्याण्ड छन् भने समूह ‘बी’ मा हङ्कङ, थाइल्याण्ड, इण्डोनेसिया, भुटान र म्यान्मा छन्। नेपालले आफ्नो दोस्रो खेल यही पुस २९ गते मलेसियासँग, तेस्रो खेल ३० गते संयुक्त अरब इमिरेट्स (युएई)सँग खेल्ने छ भने अन्तिम खेल माघ २ गते थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। समूहमा शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्।
नेपाली टोलीमा कप्तानको भूमिका रुविना क्षेत्री छन् उपकप्तानको जिम्मेवारी सीता रानामगरले पाएकी छिन्। त्यसैगरी टोलीको अन्य सदस्यमा करुणा भण्डारी, डोली भट्ट, ममताकुमारी चौधरी, बिन्दु रावल, सरिता मगर र नेरी थापा छन्। अन्य खेलाडीमा त्यस्तै इन्दु बर्मा, सोनु खड्का, आरती बिडारी, काजल श्रेष्ठ, रोमा थापा, कविता कुँवर छन् । वैकल्पिकतर्फ रीताकुमारी कञ्जुनिया, सुमन विष्ट र सवनम राई छन्। टोलीको प्रशिक्षकमा विनोद दास हुन् । प्रतियोगितामा सहभागिता जनाउन नेपाली टोली शुक्रबारण् त्यसतर्फ प्रस्थान गर्नेछ।

AKHABAR ONLINE TV

Related Articles

Back to top button