यमन अब माझी चलचित्रमा
काठमाडौ ९ पुस । माझी भाषाको सस्कृतिलाई जोगाइ राख्नको लागि मोङो डोङा सास्कृतिक परिवार यतिबेला क्रियाशिल रहेको छ । मोङो डोङा सास्कृतिक परिवारमा रहेर आफनो भाषा तथा सस्कृतिको संरक्षणमा यो समूह लागिपरेको छ । यहि उद्देश्यका साथ माझी भाषामा आधारित कथानक मोङा डोङा निर्माण समेत गरिएको थियो उक्त चलचित्रले समुदायमा सकरात्म सन्देश प्रवाह गरेपछि यतिबेला यही समूहले यसै चलचित्रको सिक्वल निर्माण गर्ने भएको छ । फलस्वरुप ‘मोङो डोङा २’ बन्ने भएको छ । सो चलचित्रको लागि यतिबेला वर्कशव भइरहेको छ । चलचित्रलाई मोङो डोङा सास्कृतिक परिवारले उक्त चलचित्रको निर्माण गरेको हो ।
चलचित्रमा सोम कुस्कुमाझीको कथा समावेश गरिएको छ भने चलचित्रलाई सुन्जित माझीले निर्देशन गर्ने भएका छन । चलचित्रमा मुख्य भूमिकामा यमन माझी र रुपा कुमारी माझी देखिने छन । साथमा श्रीकृष्ण माझी, पञ्च माझी, फुलविक्रम माझी, रुपेश माझी, प्रकास माझी, लोकबहादुर माझी, सिमसागर रोशन सुब्बाm माझी लगायतको चलचित्रमा अभिनय रहने छ । चलचित्रको मुख्य भुमीकामा रहने नायक यमन माझी यस अघि असार ८ गते प्रदर्शनमा आएको चलचित्र ‘एक्स्ट्रा माया’ मा नायक भुमीकामा रहेका थिए । भने गायन क्षेत्रमा यमनको छुट्टै पहिचान छ ।