यस कारण सबैको नजरमा परेका थिए पद्मरत्न तुलाधर जो रहेनन अब - Akhabaronline
राजनीति

यस कारण सबैको नजरमा परेका थिए पद्मरत्न तुलाधर जो रहेनन अब

काठमाडौं १८ र्काित्र्तक । मानव अधिकार कर्मी एवं नागरिक समाजका अगुवा पद्मरत्न तुलाधरको निधन भएको छ । रहेका तुलाधरको ७७ वर्षको उमेरमा निधन भएको हो । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचरका क्रममा तुलाधरको निधन भएको गौरी प्रधानले जानकारी दिए ।

पूर्वराजनीतिज्ञ समेत रहेका तुलाधर मस्तिष्क स्नायुसम्बन्धी गम्भीर रोगसँग जुधिरहेका थिए । बिरामी भएपछि उनी अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका लागि भर्ना भएका थिए ।

त्यहाँ उपचार सम्भव नभएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा सारिएको थियो । तुलाधार २०५१ सालको आमनिर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभामा विजयी भएका थिए । उनको उपचारका क्रममा सरकारले बेवास्ता गरेको गुनासो उनको परिवारले गर्दै आएको थियो ।

AKHABAR ONLINE TV

 

 

Related Articles

Back to top button