मानव तस्कारको आरोपमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ - Akhabaronline
मुख्य खबरराजनीति

मानव तस्कारको आरोपमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ

काठमाडौँ २० बैशाख । नेपालीलाई शरणार्थी बनाएर अमेरिका लगेको घटनामा मुछिएसँगै पक्राउ परेका उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई म्याद थपका लागि काठमाडौँ जिल्ला अदालत लगिएको छ ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेको आरोपमा प्रहरीले आज दिउँसो उनलाई पक्राउ गरेको थियो ।

पाण्डेमाथि थप अनुसन्धानका लागि १० दिन थुनामा राख्न अनुमति माग्ने तयारी गरेको प्रहरीले जनाएको छ । प्रहरीले सचिव पाण्डेमाथि थप अनुसन्धानका लागि पहिलो पटक म्याद लिन खोजेको हो ।

गृहसचिव हुँदा पाण्डे यो प्रकरणमा सामेल भएको आरोप छ । यसअघि पक्राउ परेका अन्य व्यक्तिले पाण्डेका पनि संलग्नता रहेको बयान दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Related Articles

Back to top button