खेलकुद
मारिया सारापोभा युएस ओपन टेनिसको तेस्रो चरणमा
भदौ १५ – मारिया सारापोभा युएस ओपान टेनिसको तेस्रो चरणमा प्रवेश गरेकी छन् । डोपिङका कारण लागेका प्रतिबन्धको अवधि सकिएपछि पहिलो पटक ग्राण्डसलाम प्रतिस्पर्धामा सहभागी भएकी रुसी सारापोभाले बुधबार राति भएको दोस्रो चरणमा हंगेरीका टाइमिया बाबसलाई हराउँदै तेस्रो चरणमा स्थान बनाएकी हुन् । सारापोभाले बाबसलाई ६–७, ६–४ र ६–१ को सेटमा हराएकी हुन् । अहिले बरियतामा एक सय ४६ औं स्थानमा रहेकी सारापोभामाथि १५ महिनाको प्रतिबन्ध लागेको थियो । सारापोभाले सन् २००६ मा युएस ओपनको उपाधि उचालेकी थिइन् ।