मालपोत प्रमुखसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा - Akhabaronline
समाचार

मालपोत प्रमुखसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ १० पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय चाबाहिलका प्रमुख कमलप्रसाद तिमल्सिनासहित १६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

अख्तियारले चन्दनकृष्ण कायस्थको नाममा रहेको काठमाडौँ बुढानिलकण्ठ नगरपालिका साविक विष्णु गाविस वडा नं।७ ९ग० किता नं। ३२३,३२५ र ३२९ गरी जम्मा क्षेत्रफल दुई रोपनी आठ आना जग्गाको नक्कली जग्गाधनी र जग्गाधनी प्रमाणपुर्जा समेत खडा गरेको अभियोगमा उनीहरुविरुद्ध मुद्दा दर्ता गरेको हो ।

Related Articles

Back to top button