मिस्टर एण्ड मिस टीन शेर्पाको उपाधी मिङमा र तेन्जिङको पोल्टामा
काठमाडौ १ माघ । गौतम बुद्ध फिल्मस प्रालिले आयोजना गरेको मिस्टर एण्ड मिस टीन शेर्पा २०१९ को उपाधी मिङमा ल्हामु शेर्पार तेन्जिङ छिरिङ शेर्पाले उपाधी जित्न सफल भएका छन । मंगलबार काठमाडौको कमलादीस्थित प्रज्ञा भवनमा भएको ग्राण्ड फिनालेमा मिङमा लामा शेर्पाले मिस टीन शेर्पाको उपाधी हात पारिन भने किशोर तर्पm तेन्जिङ छिरिङ शेर्पाले मिस्टर टीन शेर्पाको उपाधी हात पारेका हुन । प्रतियोगितामा फिमेल तर्पm छोदेन शेर्पा प्रथम रनरप बनिन भने ङिमाली शेर्पा सेकेण्ड रनरप बन्न सफल भइन । त्यसैगरी पुरुषतर्पm छिरिङ शेर्पा फष्ट रनरप भए भने टासी छिरिङ शेर्पा सेकेण्ड रनरप बन्न सफल भए ।
गौतबुद्ध फिल्मस की अध्यक्ष छिरिङ डोमा शेर्पाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि पूर्व सांसद जीपछिरिङ लामा रहेका थिए भने विशिष्ट अतिथिमा महानायक राजेश हमाल रहेका थिए । त्यसैगरी निर्णायक तर्पm बरिष्ठ गायक लाक्पा शेर्पा, नेता आङकाजी शेर्पा, सञ्चारकर्मी डोमा शेर्पा, पर्वतारोही माया शेर्पा, आचार्य सुर्कि शेर्पा, सुप्रिया मास्के रहेका थिए । प्रतिस्पपर्धी कन्टेस्टेन न १ मा डोल्मा शेर्पा २ मा पासाङ ल्हामु शेर्पा, ३ मा छेदुन शेर्पा, ४ मा टासी डोल्मा शेर्पा, ५ मा ल्हामु शेर्पा, ६ मा डोमा दिकी शेर्पा, ७ मा आङ दिकी शेर्पा, ८ मा छोदेन शेर्पा, ९ मा निमछुट्टी शेर्पा, १० मा दासोनी शेर्पा, ११ मा पासी शेर्पा, १२ मा एलिना शेर्पा, १३ मा मिङमा ल्हामु शेर्पा, १४ मा ङिमाली शेर्पा, १५ मा पेम डोमा शेर्पा रहेका छन । त्यसैगरी युवाहरु तर्पm कन्टेस्टेन नम्बर २१ मा लाक्पा ग्याल्वु शेर्पा, २२ मा तेन्जिङ छिरिङ शेर्पा, २३ मा टासी छिरिङ शेर्पा, २४ मा पासाङ शेर्पा, २५ मा कुसाङ सोनाम शेर्पा, २६ मा सोनाम शेर्पा, २७ मा छिरिङ शेर्पा, २८ मा साङ दावा शेर्पा, २९ मा आङदावा शेर्पा, र ३० मा निमा शेर्पा मध्ये पहिलो राउण्डमा
आठ महिला र ७ जना पुरुष प्रतियोगी छनौटमा परेका थिए । शेर्पा समुदायको पहिलो ऐतिहासिक प्रतियोगिता बन्न सफल भएको छ । मिस्टर एण्ड मिस टीन शेर्पाको पहिलो पटक भएको र यसलाई निरन्तर अगाडि बढाउने गौतम बुद्ध फिल्मसका प्रबन्ध निर्देशक लाक्का शेर्पाले बताएका छन ।