मिस्टर एण्ड मिस टीन शेर्पाको ग्राण्ड फिनाले माघ १ गते, को को छन प्रतिस्पर्धामा
काठमाडौ २९ पुस । गौतम बुद्ध फिल्मस् प्रालिको आयोजनामा हुन गइरहेको मिस्टर एण्ड मिस टीन शेर्पा २०१९ को ग्राण्ड फिनाले माग १ गते हुने भएको छ । काठमाडौको कमादीस्थित प्रज्ञा भवन हुने आयोजकले जनाएको छ ।
शेर्पा समुदायका किशोर किशोरीहरुको व्यक्तिको विकास गर्नुका सथौ शेर्पा संस्कृतिको जगेर्ना राख्ने उद्धेश्यले प्रतियोगिताको आयोजना लागिएको गौतम बु्द्ध फिल्मस्का निर्देशक लाक्पा शेपा आमोदले अखवारअनलाइनलाई बताए । निर्देशक शेर्पाका अनुसार प्रतियोगितामा २५ जना प्रतिस्पर्धीहरु सहभागी छन । जसमध्ये १५ जना युवती सहभागी छन भने १० जना युवाहरु प्रतिस्पर्धा गर्नेछन ।
जसमध्ये युवतीहरुमा कन्टेस्टेन न १ मा डोल्मा शेर्पा २ मा पासाङ ल्हामु शेर्पा, ३ मा छेदुन शेर्पा, ४ मा टासी डोल्मा शेर्पा, ५ मा ल्हामु शेर्पा, ६ मा डोमा दिकी शेर्पा, ७ मा आङ दिकी शेर्पा, ८ मा छोदेन शेर्पा, ९ मा निमछुट्टी शेर्पा, १० मा दासोनी शेर्पा, ११ मा पासी शेर्पा, १२ मा एलिना शेर्पा, १३ मा मिङमा ल्हामु शेर्पा, १४ मा ङिमाली शेर्पा, १५ मा पेम डोमा शेर्पा रहेका छन । त्यसैगरी युवाहरु तर्पm कन्टेस्टेन नम्बर २१ मा लाक्पा ग्याल्वु शेर्पा, २२ मा तेन्जिङ छिरिङ शेर्पा, २३ मा टासी छिरिङ शेर्पा, २४ मा पासाङ शेर्पा, २५ मा कुसाङ सोनाम शेर्पा, २६ मा सोनाम शेर्पा, २७ मा छिरिङ शेर्पा, २८ मा साङ दावा शेर्पा, २९ मा आङदावा शेर्पा, र ३० मा निमा शेर्पा प्रतिस्पर्धामा छन ।
विजेतालाई ५० हजार पुस्कार सहित गिफट ह्याम्पर राखिनुका साथै फष्ट रनरपलाई ३० हजार नगद तथा सकेण्ड रनरपलाई २० हजार र पब्लिक च्वाइस टाएटल विजेतालाई ५ हजार नगद पुरस्कार राखिएको आयोजक संस्थाकी प्रमुख छिरिङ डोमा शेर्पाले बताइन । छिरिङका अनुसार थुप्रै टाइटलमा अवार्डहरु राखिएको छ ।साथै सवै जना उपस्थित भएर टिकट मार्पmत आफनो फेवरेटलाई भोट समेत गर्न सक्नु हुनेछ ।
AKHABAR ONLINE TV