मुक्तिनाथ विकास बैंकले ल्यायो १ करोड १ लाख सम्मको बीमा सुविधा दिने खाता योजना - Akhabaronline
Highlightअर्थबैंकिङ

मुक्तिनाथ विकास बैंकले ल्यायो १ करोड १ लाख सम्मको बीमा सुविधा दिने खाता योजना

काठमाडौ । मुक्तिनाथ विकास बैंकले १ करोड १ लाख सम्मको बीमा सुविधा दिने “मुक्तिनाथ आशिर्वाद बचत खाता” योजना सञ्चालनमा ल्याएको छ । निक्षेपकर्ताहरुको सर्वोपरी हितलाई ध्यानमा राख्दै अत्यन्त लाभदायी ब्याजदर प्रदान गर्ने र नेपालमै पहिलो पटक सर्वाधिक बीमा सुविधा दिने योजना ल्याएको बैंकले जनाएको छ ।

बैंकका अनुसार मुक्तिनाथ आशिर्वाद बचत खाता गोल्ड क्याटेगोरीमा न्यूनतम रु ५०,००० मौज्दात राखेर खाता खोल्ने खातावालाहरुले आफनो लागि २१ लाख र परिवारको २ जना सदस्यहरुको लागि रु ३० लाख गरी कुल  ५१ लाख सम्मको बीमा सुविधा पाउनेछन् र विभिन्न १५ वटा बैंकिङ्ग सेवाहरुमा समेत छुट प्राप्त गर्न सक्नेछन् । यसै गरी मुक्तिनाथ आशिर्वाद बचत खाता प्लाटिनम क्याटेगोरीमा न्यूनतम रु १००,००० मौज्दात राखेर खाता खोल्ने खातावालाहरुले आफनो लागि रु। २१ लाख र परिवारको ४ जना सदस्यहरुको लागि  ८० लाख गरी कुल रु १ करोड १ लाख सम्मको बीमा सुविधा पाउनेछन् र विभिन्न १५ वटा बैंकिङ्ग सेवाहरुमा छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकका अनुसार बीमा सुविधा अन्तर्गत आवधिक बीमा, दुर्घटना बीमा र १८ वटा घातक रोगको बीमा हुनेछ । बैंकको १७६ वटै शाखा कार्यालयहरुमा सम्पर्क गर्न र मिस्डकल बैंकिङ्ग ९मोबाईल नं। ९८०१११००२२० मार्फत समेत जानकारी लिन सकिने बैंकले जनाएको छ।

Related Articles

Back to top button