मुभी माउण्टेनका कलाकारलाई वर्कशप गराइदै, दसैपछि फ्लोरमा जाने - Akhabaronline
Uncategorized

मुभी माउण्टेनका कलाकारलाई वर्कशप गराइदै, दसैपछि फ्लोरमा जाने

काठमाडौं ३० भदौं । नेपाल इन्टरनेशनल फिल्म एकेडेमीको ब्यानरमा बन्न नयाँ मुभी माउन्टेनको पूर्व तयारी स्वरु वर्कशप भइरहेको छ । भिन्न कथाबस्तुमा बन्न लागेको यस मुभीलाई अन्तराष्ट्रिय स्तरको बनाउने उद्धेश्यले छायाँकनमा जानुपूर्व तयारी गरिएको चलचित्रका निर्देशक सोम कुस्कुमाझीले बताएका छन । मुभीमा देखिने मुख्य भुमिकामा देखिने कलाकारहरुलाई नविन भट्ट र आभा शर्माले प्रशिक्षण दिइरहेका छन । प्रशिक्षणमा कलाकारहरुलाई वेशिक अभिनय, मुमेन्ट अनुसारको एक्टिभिटीज कसरी गर्ने भन्ने विषयमा प्रशिक्षण भइरहेको प्रशिक्षक नविन भट्टले बताए । भट्टका अनुसार इमोशनल रुपमा भन्दा पनि फिजिकल्ली रुपमा मुमेन्टका बारेका प्रशिक्षण गराइएको छ ।

कलाकारलाई विशेष गरेर नव रसहरुको बारेमा जान्नु पर्ने र नव रस थाहा भएको खण्डमा अभिनय गर्न सहज हुने प्रशिक्षक आभा शर्माले बताइन । प्रत्येक रस फर फर महत्व राख्ने हुदा कुन अवस्थामा कुन रसको प्रयोग गर्ने भन्ने विषयमा आफुले वर्कशप गराइरहेको बताइन । वर्कशपमा सहभागी मुभी माउण्टेनका मुख्य कलाकार मिलन सुनुवार वर्कशपमा नयाँ कुरा सिक्न पाएको आफु खुसी भएको ब्यक्त गरेका छन ।
त्यसैगरी नायिकाको मुख्य भूमिका रहेकी छिरिङ शेर्पाले यस मुभीमा आफुले नयाँपन पाएको बताइन । शेर्पाका अनुसार यस अघि उनले गरेका मुभी तथा म्युजिक भिडियोहरुमा आफनो रोल के भन्ने कुरा अगाडि नै नभन्ने तथा वर्कशप नै नगरी एकैचोटी फिल्डमा मात्र भन्ने गरेको बताउदै यस चलचित्रमा पूर्व तयारी भएकोमा खुसी व्यक्त गरिन । त्यसैगरी सुजित माझीले वर्कशपमा सहभागी भएर अभिनयका नयाँ नयाँ सिक्ने अवसर मिलेको बताए ।
इतिबेला उनीहरुलाई वेशिक अभिनयका बारेका प्रशिक्षण दिइएको छ । दसैपछि भने मुभीको स्टोरीमा नै प्रशिक्षण दिइने निर्देशक कुस्कुमाझीले बताएका छन । कलकारलाई वर्कशप गर्नका लागि भने वेचैन लामाले साँस्कृतिक युवा समूहको हलको व्यवस्था गरि सहयोग गरिरहेका छन । दसैपछि लगत्तै यो चलचित्र छायाँकनमा जाने छ । विशेष गरेर हिमाली क्षेत्रको जनजीवनमा आधारित रहेर चलचित्र बन्ने छ । यस चलचित्रको छायाँकन भने मनाङ, मुस्ताङ लगायत सगरमाथा लगायतका उच्च हिमाली भेगमा छायाँकन गरिने छ । यस चलचित्रलाई विशेष गरेर अन्तर्राष्ट्रिय स्तरमा पुराउने लक्ष्य रहेको छ ।

Related Articles

Back to top button