विश्व
मेक्सिको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९० पुग्यो
मेक्सिकोमा गएको ८.१ म्याग्निच्युडको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ९० पुगेको सरकारका प्रवक्ताले आइतबार जनाएका छन् । मेक्सिकोको दक्षिणी तटीय क्षेत्रमा बिहीवार गएको शक्तिशाली भूकम्पपछि भग्नावशेषमा फसेका मानिसहरुको उद्धार कार्य जारी रहेको र आइतबारसम्म ९० जनाको मृत्यु भएको उनले बताए ।
अधिकारीहरुका अनुसार भूकम्पमा परी करिब २०० मानिसहरु घाइते भएका छन् । राष्ट्रपति एनरिके पेन्या निएटोले भूकम्पमा परी ज्यान गुमाउनेहरुको सम्झनामा राष्ट्रिय शोकको घोषणा गर्नुभएको छ । सन् २०१५ को सेप्टेम्बरयता विश्वमा गएको शक्तिशाली भूकम्पको धक्का एक मिनेटसम्म महशुस गरिएका र थियो यो सबैभन्दा शक्तिशाली भूकम्प भएको अमेरिकी भूगर्भ केन्द्रले जनाएको छ ।