मेलिना राइको ‘दरवार’ रातारात भाइलर - Akhabaronline
मनोरञ्जन

मेलिना राइको ‘दरवार’ रातारात भाइलर

सुमधुर स्वरकी धनी गायिका मेलिना राइको स्वरमा सजिएको ‘काठैमा काटी दरबार’ बोलको गीत यतिबेला युटयुवमा सार्वजनिक भएको छ । निरन्तर रुपमा साङगीतिक क्षेत्रमा लाग्दै आएकी मेलिना राई नेपाली साङगीतिक क्षेत्रकी एक स्टार कै रुपमा चिनिदै आएकी छन । तिनै स्टारको साथमा टम्पशेर राइले स्वर दिएका छन । बहुमुखी प्रतिभाका धनी ब्यक्तिका रुपमा टम्पशेर राइ चिनिन्छन । टम्पशेरसंग हरेक अनुभव छ । आफनै अनुभवमा उनी गीतसंगीतहरु बजारमा ल्याउने गरेका छन । अरुको भर पर्नु भन्दा पनि आपैm गर्नुपर्छ भन्ने उनको स्वभाव हुन सक्छ । फलस्वरुप एउटा गीत तयार गर्दा शब्द संगीत एरेन्ज तथा भोकल सबै आफै गरेको पाइन्छ । त्यतिमात्र होइन टम्पशेर म्युजिक भिडियोको मोडलमा पनि आफै देखिन्छन ।

आफनै मेहनत र लगनशिलताबाट टम्पशेर राइले काठैमा काटी दरबार बोलको गीत यतिबेला युटयुवमा सार्वजनिक गरिएको छ । गीतमा मेलिना राई र टम्पशेर राईको स्वर रहेको छ । टम्पशेर राईको शब्दसंगीत रहेको छ भने पावल चाम्लिङ राइले संगीत एरेन्ज गरेका छन । गीतको भिडियोलाई लामो समयदेखि निर्देशन तथा हास्य कलाकारिता क्षेत्रमा चर्चा कमाएका निर्देशक आशिक राइले निर्देशन गरेका छन । अनुभवनी निर्देशक राइले गीतलाई आकर्षक कला प्रस्तुत गरेका छन । भिडियोमा टम्पशेर राई र मोनिका राईले अभिनय गरेका छन ।
हेर्नुहोस भिडियो

Related Articles

Back to top button