समाचार
मोटरसाइकलमा यात्रु ओसार्न रोक, पक्राउ परे चारजना
काठमाडौं २ पुस । निजी मोटरसाइकलमा यात्राको सुविधा दिने मोबाइल एप ‘टुटल’ र ‘पठाओ’ सेवा सरकारले बन्द गरेको छ। सरकारले ट्याक्सी व्यवसायीको दबाबमा परेर यी एप बन्द गरेको आजको नागरिक दैनिकमा समाचार छ, ।
टुटल र पठाओ सेवाबाट यात्रुलाई सेवा दिइरहेका चार मोटरसाइकलधनीलाई कारबाही गर्दै ट्राफिक प्रहरीले उनीहरूको सेवा बन्द गरेको हो। उपत्यकामा यो सेवा लोकप्रिय बन्दै गएका वेला ट्याक्सी सञ्चालकहरूले ट्राफिक प्रहरीमार्फत यी सेवा बन्द गराउन दबाब बढाएका थिए।
स्रोतका अनुसार सबै ट्याक्सी सञ्चालकले ट्राफिक प्रहरीलाई आफ्नो पक्षमा पार्न सफल भएपछि उक्त सेवा दिइरहेका चालक पक्राउ परेका थिए।