म्याजिक फुटवेयरले ल्यायो नयाँ ब्रान्ड 'एमप्योर', महिलाका लागि अति उपयोगी चप्पल - Akhabaronline
अर्थअर्थतन्रा

म्याजिक फुटवेयरले ल्यायो नयाँ ब्रान्ड ‘एमप्योर’, महिलाका लागि अति उपयोगी चप्पल

काठमाडौं । करिब एक सय भन्दा बढी विभिन्न आकर्षक कलर तथा डिजाइनका जुत्ता चप्पलहरु को निर्माण तथा बजार व्यवस्थापन गर्दै आएको म्याजिक फूटवेयरले २५ औं शोरुम सिराहाको गोलबजारमा संचालनमा ल्याएको छ।

म्याजिकद्वारा उत्पादित म्याजिक, एरोज, एमफोर्स, स्कूलको तथा एमप्योर गरी करिब एक सय भन्दा बढी विभिन्न आकर्षक कलर तथा डिजाइनका जुत्ता चप्पलहरु उपलब्ध छन्।

कम्पनीका कन्ट्री हेड महेश बाहेतीका अनुसार म्याजिकले हालै महिलाहरुलाई लक्षित गरी एमप्योर नामक नयाँ सब–ब्राण्ड बजारमा ल्याएको छ। यी चप्पल हलुका, आरामदायी र टिकाउ रहेको उनले दावी गरे।

Related Articles

Back to top button