काठमाडौं २० पुस । बैदेशिक रोजगार ब्यवसायी महासंघका पूर्व अध्यक्ष समेत रहेका म्यानपावर व्यवसायी बलबहादुर तामाङविरुद्ध कर छलीको मुद्धा दर्ता भएको छ । तामाङले वैदेशिक रोजगारीमा कामदार पठाएबापत विदेशी कम्पनीबाट प्राप्त कर छली गरेको कसुरमा जिल्ला अदालत काठमाडौंमा शुक्रबार मुद्धा दर्ता गरिएको छ । स्काई ओभरसिज सर्भिसेस सञ्चालन गरेका तामाङविरुद्ध १९ करोड रुपैयाँ बराबर कर छली गरेको मुद्दा दायर भएको छ।
उनीविरुद्ध विगो र जरिवानासहित १९ करोड ५७ लाख ४३ हजार ५ सय ७२ रुपैयाँ र ३ वर्ष कैद सजाय माग दाबी गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको हो।
तामाङको व्यक्तिगत खातामा विभिन्न विदेशी कम्पनीबाट रकम जम्मा भएको सम्बन्धमा राजस्व चुहावटको कसुरमा उनीविरुद्ध राजश्व अनुसन्धान विभागले मुद्दा दायर गरेको हो।
AKHABAR ONLINE TV