एजेन्सी । कुरा केही महिना पहिलाको हो । दिल्लीमा एक शव फेला परेको थियो । जसलाइ सात टुक्रा पारिएको थियो । शवलाई कार्टून, बक्स र ब्यागमा प्याक गरिएको थियो । शवका टुक्रा हेर्दा थाहा हुन्थ्यो, शव कुनै युवतीको हो ।
तर, प्रारम्भिक छानविनमा मृतकको पहिचना पनि हुन सकेन र हत्याराबारे कुनै सुराग पनि फेला परेन । तर, अचानक प्रहरीको नजर त्यो बक्समा लेखिएको शब्दमा पर्यो । खासमा त्यसमा एक कूरियर कम्पनीको ठेगाना लेखिएको थियो । के यसै ठेगानाका माध्यमबाट प्रहरी हत्यारासम्म पुग्न सक्ला ? कथा यहीबाट शुरु हुन्छ ।
एक घना वस्तीमा रहेको एक फोहार फालिने घरको दुई यस्ता वस्तुमा मानिसहरुको आँखा पर्यो जुन सामान्यतया फोहोरमा यस्ता चिज फालिएको हुँदैन । यहाँ एक ठूलो ब्याग र नजिकै थियो प्याक्ड कार्टून बक्स । मात्र यी दुई चिजले मानिसहरुको ध्यान आफुतिर तानेको भने होइन । यहाँबाट आउन गन्धले पनि मानिसहरु हैरान थिए । मानिसहरुको दिमाग खराब भयो अनि प्रहरीलाई सूचना दिए ।
केही समयमै दिल्ली प्रहरी त्यहाँ पुग्यो । तर ब्याग र काटूर्न खोलेपछि प्रहरी हैरान भयो । ब्यागमा एक युवतीको शव थियो । त्यो पनि सात टुक्रामा । हात, खुट्टा, टाउको, घाँटी सबै अलग अलग । प्रहरीले शव बरामद गरेर पोस्टमार्टमका लागि पठायो । जुन किसिमले शवलाई टुक्रा टुक्रा पारेर ब्याग र कार्टूनमा प्याक गरिएको थियो, त्यसबाट घटना हत्याको भएको अनुमान गर्न कठि भएन । तर मृतक को हुन्रु हत्यारा को होरु यी प्रश्नको भने त्यहाँ कुनै जवाफ थिएन ।
प्रहरीलाई यी प्रश्नको जवाफका लागि सबैभन्दा पहिला मृतकको पहिचान गर्नु जरुरी थियो । तर, त्यहाँ आसपास प्रहरीले निकै सोधपुछ गर्दा पनि मृतकको पहिचान हुन सकेन । दैनिक प्रहरीले प्रयास गरे पनि कुनै सुराग फेला परेन ।
यसैक्रममा प्रहरीको नजर यस्तो चिजमा पर्यो जसले प्रहरीलाई आशा जगायो । हत्याराले जुन कार्टूनमा शव प्याक गरेका थिए, सो कार्टूनमा एक कूरियर कम्पनीको ठेगाना थियो । प्रहरीले यसैका माध्यमबाट अन्य सुरागको खोजीमा लाग्ने निर्णय लियो ।
गुरुग्रामस्थित सो कूरियर कम्पनीमा प्रहरी पुग्यो । कूरियरवालाले बक्सको पहिचान गर्यो र उसले यो कूरियर एक ग्रहाकले यूएईबाट पार्सल गरेको र त्यसको नाम जावेद अख्तर रहेको बतायो ।
अब प्रहरी कूरियरवालाले दिएको ठेगानामा सिधै जावेद अख्तरको घर अलीगढ पुग्यो । त्यहाँ जावेदमात्र फेला परेन उसले कार्टून पनि पहिचान गर्यो । उसले तीन वर्ष पहिला यसै कार्टूनमा यूएईबाट केही आवश्यक वस्तु मगाएको बतायो ।
यी मध्ये केही बक्स आफ्नी नोकर्नीलई दिएको र केही बक्स दिल्लीको शाहीनबागस्थित घरमा राखेको थियो । शाहीनबागको उसको घरमा केही युवाहरु भाडामा बस्थे ।
अब दिल्ली प्रहरी शाहीनबाग पुग्यो । प्ररहीको सबै आशा अब यही घरमा थियो ।
प्रहरी शाहीनबागस्थित जावेदको घर पुग्दा त्यहाँ ताला लगाइएको थियो । यसले प्रहरीले साजिद अलीमाथि शंका गर्न शुरु गर्यो । प्रहरीले स्थानीयहरुसँग साजिदबारे जानकारी संकलन गर्न थाल्यो । साजिदले त्यहाँबाट घर खाली गरेर जान लागेको बताएको प्रहरी थाहा पायो ।
अब प्रहरीले साजिदको खोजीमा जुट्यो । प्रहरीका धेरै टीम उसको खोजीमा लागे । एक दिन उ प्रहरीको हात लाग्यो । साजिदले हत्याको जुन कुरा बतायो, त्यो निकै हैरान पार्नेखालको थियो । साजिदले प्रहरीलाई भन्यो– उसको प्रायः श्रीमतीसँग झगडा हुन्थ्यो । झगडाका दुई कारण थिए । एक उसको कुनै युवतीसँगको चक्कर, अर्को उसको बेरोजगारी ।
यसैकारण उसले श्रीमतीको हत्या गरिदियो । २०–२१ जून राती उसले श्रीमतीको घाँटी थिचेर हत्या गरेको स्वीकार गर्यो । त्यसपछि भाईहरुसँग मिलेर शवको टुक्रा टुक्रा बनाएर ब्यागमा र कार्टून बक्समा प्याक गरेको उसले बतायो ।
प्रहरीका अनुसार उसकी श्रीमती हिन्दु थिइन् । २०११ मा पढाईका क्रममा साजिदको भेट राजबालासँग भएको थियो । पछि दुबैले बिहे गरे । श्रीमतीको नाम परिवर्तन गरेर जूही राखियो । साजिद पेशाले बिटेक इन्जियिर हो । तर, उ बेरोजगार थियो । डिसी नेपालबाट