यस्तो थियो शितल केसीको प्रेम सम्बन्ध ‘एक जमानामा’ (भिडियो सहित)
काठमाडौ २७ पुस । माया भन्ने चिज पनि अनौठो नै छ । कसैन कसैको मायामा कोहीन कोही नडुबेको मान्छे नै हुदैन । युवा होस या पाको तन्नेरी सबै एक न एकको मायामा अल्झिएको नै हुन्छ । बाहिरी रुपमा नदेखिएपनि भित्री रुपमा मायामा जलन भएकै हुन्छ । त्यसैले पनि अरुको कथा सुन्दा आफनै कथा बनेर मष्तिष्कमा झल्किदिन्छ ती अतितहरु । अरुको कथा पनि आफनै जस्तो लाग्छ । हो यस्तै भएको यहाँ देव कुमार मगरको ‘एक जमानामा’ । देव कुमार मगरको शब्द संगीत तथा स्वरमा सजिएको आधुनिक गजल गीत यी र यस्तै कथाहरु समावेश भएका छन । गीतको भिडियोमा एउटा गजलमा नायक शितल केसी गजल गाइरहेका छन । केसीको गजलले सबै श्रोताहरुको मन छोएको छ । शितल केसी स्टेजमा गीत गाइरहन्छन । गजल बारमा पुगेका सबै आ आफनै कथा सम्झेर टोलाइ रहन्छन । अनि एक जमानाकी आफनी प्रेमिकालाई सम्झेर आसु झार्छन ।
गीतको भिडियो निकै आकर्षक बनेको छ । सबैको मन छुने कथा खेलाइएको भिडियोको निर्देशन भने शितल केसीले नै गरेका हुन । आकर्षक तरिकाबाट राहुल राइले छायाकन गरेको भिडियोमा अभिनेता शितल केसी, दिप केसी, दिपेन्द्र श्रेष्ठ, विजय श्रेष्ठ, पुजा भण्डारी, सिर्जना कार्की, डिम्पी ठकुरी लगायतको अभिनय रहेको छ ।
हेर्नुहोस मन छुने गीतको भिडियो