साहित्य
यहाँ अपराधी खुलेआम घुमिरहन्छ पीडितलाई उसको कसुर सम्झाइन्छ
सुरुमा सही गलतको अर्थ सिकाइन्छ
त्यसपछि आँखामा पट्टी लगाइन्छ
गल्लीको आकार देखर नझुक्किनु तिमी
यहाँको अँध्यारोमा दिउँसै हराइन्छ
समृद्धि यसैलाई भनिँदो हो सायद
जहाँ सास फेर्न पनि दस्तुर लगाइन्छ
पत्थर बनेका यी मान्छे देखेर लाग्छ
चोकमा मैन बालेर जिन्दगी बिताइन्छ
यहाँ अपराधी खुलेआम घुमिरहन्छ
पीडितलाई उसको कसुर सम्झाइन्छ
– डा.सुधा शाही