यी हुन दानवीर महिला : जसले गरिन पतिको सम्झनामा २५ लाखको जग्गा दान - Akhabaronline
Highlightमुख्य खबरसमाचार

यी हुन दानवीर महिला : जसले गरिन पतिको सम्झनामा २५ लाखको जग्गा दान

तनहुँ १७ पुस । तनहुकी एक महिलले आफनो पतिको सम्झनामा २५ लाख मूल्य बराबरको जग्गा दान गरेकी छन । व्यास नगरपालिका–१ गल्बुवेंशीकी यशोदा भट्ट क्षेत्रीले आफ्ना स्वर्गीय पति बालकृष्ण क्षेत्रीको स्मृतिमा आमा समूहलाई जग्गा दान गरेकी हुन । आफनौ घर छेउको तीन आना जग्गा गल्बुवेंशी सिर्जनशील आमा समूहलाई दान गरेको गल्बुवेंशी टोल विकास संस्थाका सचिव गणेश बास्तोलाले बताए। उक्त दान आमा समूहको सामुदायिक भवन निर्माणका लागि दान गरेकी हुन्।

आमा समूहको अध्यक्ष समेत रहेकी भट्टले समूहको आवश्यक कागजात झोलामा बोकेर चौरमा वा कसैको घरको पेटीमा बैठक बस्नुपर्ने समस्याको समाधान गर्न जग्गा दान गरेको उनले बताइन्। उक्त जग्गा गत शुक्रबार आमा समूहको नाममा दर्ता गरिएको भट्टले बताइन्।

Related Articles

Back to top button