युवतीलाई खाडी मुलुकमा बेच्ने ओखलढुङ्गाका लोप्साङ दिल्लीबाट पक्राउ - Akhabaronline
मुख्य खबरसमाचार

युवतीलाई खाडी मुलुकमा बेच्ने ओखलढुङ्गाका लोप्साङ दिल्लीबाट पक्राउ

काठमाडौ ७ माघ । नेपाली युवतीलाई खाडी मुलुक पुर्‍याएर बेचविखन गर्ने गिरोहका एक सदस्यलाई दिल्ली प्रहरीले शनिबार पक्राउ गरेको छ । समाचार एजेन्सी पिटिआइका अनुसार पक्राउ पर्नेमा ओखलढुङ्गा जिल्लाका ३३ वर्षे लोप्साङ लामा रहेको जनाएको छ । लोप्साङ विगत ६ महिनादेखि फरार थिए र उनीमाथि एक लाख पुरस्कारसमेत तोकिएको थियो । उनले नेपाली युवतीलाई खाडी मुलुकमा लगेर बेच्ने गरेको पुलिसले जानकारी दिएको छ ।

एक भारतीय मिडियाका अनुसार जब लोप्साङलाई पुलिसले पक्राउ गर्न पिछा गरिरहेका थिए तब पुलिसबाट बच्नका लागि उनी यमुना नदीमा हाम फाले । त्यसपछि पुलिस कन्स्टेबल मनोज त्यागीले नदीमा हाम फालेर उनलाई पक्राउ गरेका हुन् ।

यसअघि सन् २०१८ जुलाई २५ तारिखमा वसन्त विहारको मुनिरकामा दिल्ली महिला आयोग (डिसीडब्लू) की प्रमुख स्वाति मालीवालले १६ नेपाली युवतीलाई बचाएकी थिइन् । त्यतिबेला देखि नै मास्टरमाइन्ड लामा फरार थिए ।

लामाका पिता असम राइफलका अवकाशप्राप्त जवान हुन् । लामो समयदेखि लोप्साङले नेपाली युवतीलाई काम दिलाउने आशा देखाउँदै खाडीमा बेच्ने गर्दथे । अहिलेसम्म लोप्साङले करिब दुई दर्जन बढी नेपाली युवतीलाई खाडीलगायतका अन्य देशमा पठाइसकेको खुलासा भएको छ ।

गत वर्ष अगस्टमा दिल्ली महिला आयोगले ३९ नेपाली युवतीको उद्दार गरेको थियो । आयोगले दिल्लीको पहाडगञ्जस्थित होटल हृदयबाट यी युवतीको उद्दार गरेको थियो ।
यसअघि पनि आयोगले १८ महिलालाई बचाएका थिए जसमा दुई बंगाल र अन्य नेपालका युवती थिए । दिल्ली महिलाले एक हप्ताभित्र तीन बचाउ अभियान चलाएको थियो जसमा ७३ नेपाली युवतीलाई मुनिरका, मैदान गडी र पहाडगञ्जबाट बचाएका थिए ।

AKHABAR ONLINE TV 

Related Articles

Back to top button