युवतीले रिपोट गरेपछि तिरुपति होटलबाट डिएसपी पक्राउ ! - Akhabaronline
मुख्य खबरसमाचार

युवतीले रिपोट गरेपछि तिरुपति होटलबाट डिएसपी पक्राउ !

 

काठमाडौं २७ पुस । काठमाडौको पुतलीसडक कमलादी स्थित तिरुपति होटलबाट नेपाल प्रहरीको प्रहरी नायव उपरीक्षक (डिएसपी)लाई प्रहरीले पक्राउ गरेको छ । १४ दिनसम्म होटलमा बसेर दिनदिनै युवती ल्याउने गरेका ति डिएस्पीले १४ औ दिनका दिन ल्याएकी एक युवतीसंगको शारीरिक सम्बन्धमा कुरा नमिलेपछि अन्तत पक्राउ परेका हुन । बिहीबार राती भने उनले बोलाएकी एक युवतीसँग शारीरिक सम्बन्धका बारे विवाद भयो। ती युवतीले तिरुपती होटलमा आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंमा खबर गरिन्। खबर पाएलगत्तै महानगरीय प्रहरी परिसरको टोली होटल तिरुपती पुग्यो।

उनलाई बिहीबार राती नै पक्राउ गर्‍यो। प्रहरीले पक्राउ गरेपछि उनको नक्कली धन्दाको पर्दाफास भयो उनी नक्कली डिएसपी रहेछन । ती युवाले नेपाल प्रहरीको प्रहरी नायव उपरीक्षक (डिएसपी) भीमकिरण बोगटी को परिचयपत्र देखाएका थिए । तर उनी डिएसपी भीमकिरण बोगटी नभएर डिएसपीको परिचयपत्र देखाई धाक धम्की देखाई आपराधिक गतिविधिमा संलग्न भक्तपुर बालकोटका ३५ वर्षीय अनिल थापा थिए। ‘प्रहरी प्रधान कार्यालयमा कार्यरत डिएसपी भीमकिरण बोगटीको नामको नक्कली परिचयपत्र बनाएर थापाले ठमेल तथा दरबारमार्गका विभिन्न होटल, रेस्टुरेन्टहरूमा समेत डिएसपी हुँ भन्दै धाक धम्की दिँदै हिँडेको प्रहरीले बताएको छ । उनी माथि थप अनुसन्धान गर्छौं महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होवीन्द्र बोगटीले भने। थापा भक्तपुर क्षेत्रमा जग्गा दलाली गर्ने युवा भएको र विभिन्न ठाउँमा समेत डिएसपी भन्दै ठगी गरेको हुन सक्ने प्रहरीको अनुमान छ। उनीमाथि किर्ते अभियोगमा मुद्दा दर्ता गरेर अनुसन्धान गरिने महानगरीय प्रहरी परिसरको भनाइ छ।
यसरी पुगेबम थिए तिरुपति होटलमा
पुस १३ गतेको कुरा हो । हेर्दा हट्टाकट्टा खाइलाग्दौ ज्यान हेर्दा स्मार्ट देखिने ति युवा काठमाडौं कमलादीस्थित तिरुपती होटलमा पुगेका थिए । होटलमा उनले बस्नलाई कोठा सोधे। होटलमा कोठा खाली नै थियो। कोठा बुक गर्न खोजे। काउन्टरमा रहेका कर्मचारीले ठेगाना खुल्ने परिचयपत्र मागे। ती युवाले खल्तीमा राखेको पर्स खोलेर परिचय खुल्ने भिजिटिङ कार्ड दिए।

कार्डमा ‘अपराधविरुद्ध एकता, महानगरीय प्रहरीको प्रतिवद्धता’, भीमकिरण बोगटी, ‘डेपुटी सुपरिटेन्डेन्ट अफ पुलिस’ उनले नेपाल प्रहरीको प्रहरी नायव उपरीक्षक (डिएसपी) भीमकिरण बोगटी नामको सोही कार्ड होटलको काउन्टरमा बुझाए। होलटको २०३ नम्बर कोठा बुक गरे। त्यही कोठामा उनी १४ दिनसम्म बसे। होटलमा बस्दा दिनदिनै फेरीफेरी युवती ल्याउने गर्थे। मोजमस्ती गर्थे। होटल संचालकले रुपैयाँ माग्छन् भनेर आफैँ काउन्टरमा गएर ‘ठूलो अपराध अनुसन्धानमा छौँ पैसा कति हुन्छ पछि नै मिलाउँला’ भन्ने गर्थे। होटलको बिल करिब एक लाख रुपैयाँ हाराहारीमा पुगिसकेको थियो। उनको युवती ल्याउने र मोज मस्ती गर्ने काम भने रोकिएको थिएन ।

AKHABAR ONLINE TV

https://www.youtube.com/watch?v=4Q7gtHFgv_c&t=5s

Related Articles

Back to top button