युवा शक्ति संगठित हुदै, काठमाडौको गोप्य स्थानमा बैठक बसेर नयाँ पार्टीको स्थापना - Akhabaronline
Highlightराजनीति

युवा शक्ति संगठित हुदै, काठमाडौको गोप्य स्थानमा बैठक बसेर नयाँ पार्टीको स्थापना



काठमाडौ ६ पुस । नेपालका युवा शक्तिहरुलाई एकबद्ध गर्ने उद्देश्यका साथ राष्ट्रिय युवा शक्ति पार्टी नेपालको सुरुवात भएको छ । ‘सम्पूर्ण युवा शक्ति एक हौँ युवा दासत्व अन्त्य गरौ भन्ने नारा सहित जनमुखी प्रजातन्त्र (जनमुखी समाजवाद, जनमुखी राष्ट्रिय एकता) को सिद्धान्त बोकेर युवाहरुलाई एकताबद्ध गर्ने उद्देश्यले राष्ट्रिय युवा शक्ति पार्टी नेपाल गठन भएको छ ।

गत मंसिर १७ गते सोमबार काटमाडौको एक गोप्य स्थानमा बैठक बसी पाँच वटा जनमुखी समाज, जनमुखी न्यायपालिका, जनमुखी निर्वाचन निर्वाचन प्रणाली, जनमुखी कार्यकारी प्रमुख, जनमुखी अर्थतन्त्र सहित पाँच ‘ज’ आधार मानेर पार्टीको स्थापना गरिएको जानकारी प्राप्त भएको छ । पार्टीको कार्यसमितिहरुको नामावली सार्वजनिक गरिएको छैन ।

पार्टीको प्रमुख उद्धेश्यहरुमा साम्राज्यवाद र एकाधिकार पुजीवाद को शोसण उत्पिडनलाई समाप्त पार्ने र मुलुकमा आमुल परिवर्तन गरी मुलुकलाई समृद्धि र प्रगति तर्पm लैजाने रहेको छ । त्यसैगरी मुलुकमा सामन्तवादलाई उच्छेद गरी दलाल नोकरसाहि पुजीवादलाई उच्छेद गर्ने रहेको छ ।
नेपाली जनताहरु लामो समयदेखि नै वर्ग संघर्ष को अभियान र जनैतिक आन्दोलनको अभियानमा लागिरहेको भएपनि जनतालाई पूर्ण स्वतन्त्रता नभएको हुदा स्वतन्त्र प्राप्तीका लागि पार्टी श्रोतले यो लडाइलाई लामो लडाइका रुपमा लिएको छ ।

ASKHABARONLINE TV



Related Articles

Back to top button