यु १९ एसिया कप छनौट क्रिकेटमा नेपालको ९ ओभरमा भुटानको १५ रन ३ विकेट - Akhabaronline
खेलकुद

यु १९ एसिया कप छनौट क्रिकेटमा नेपालको ९ ओभरमा भुटानको १५ रन ३ विकेट

काठमाडौं । मलेसियामा जारी एसिसी उन्नाइस वर्षमुनिको इसिया कप छनौट क्रिकेट प्रतियोगितामा नेपाल भुटानबीच खेल भइरकेको छ । प्रतियोगिताको इस्टर्न रिजनअन्तर्गत अहिले नेपालले भुटानसँग खेलिरहेको छ ।
खेलमा भुटानले टस जितेर ब्याटिङ रोजेको छ । ९ ओभरको खेल सकिँदा भुटानले १५ रनमा ३ विकेट गुमाएको छ । नेपालका दिपेन्द्र सिंह ऐरीले दुई साथै नन्दन यादवले एक विकेट लिएका छन् । दिपेन्द्रले ९ औँ ओभरको पहिलो बलमा भुटानका २४ बलमा ५ रन बनाएका नगवाङ थिन्लेलाई र तेस्रो बलमा पेम चेडुपलाई शून्यमै आउट गरेका हुन् ।

Related Articles

Back to top button