यौन हिंसाको आरोप लागेका मन्त्री केशव स्थापित पदबाट बर्खास्त, स्थापित भन्छन ‘मलाई थाहा छैन’
हेटौंडा १७ कात्र्तिक । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई अपमान गरेको भन्दै विवादमा तानिएका प्रदेश ३ का भौतिक पूर्वाधार तथा विकासमन्त्री केशव स्थापित बर्खास्त गरिएको समाचार आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा छापिएको छ ।
समाचारमा मुख्यमन्त्री पौडेल र मन्त्री केशव स्थापितको भनाइ छापिएको छ ।
सबैसँग छलफलपछि बर्खास्त गरेको हुँ
ुमैले प्रधानमन्त्रीदेखि पार्टी नेतृत्व र प्रदेशका सबै मन्त्रीसँग छलफल गरेरै निर्णय लिएको हुँ । उहाँ ९स्थापित० को व्यवहार र अपशब्द प्रयोगका कारण निर्णय लिन बाध्य भएको हुँ ।ु (डोरमणी पौडेल, मुख्यमन्त्री
आधिकारिक जानकारी पाएको छैन
‘मलाई आधिकारीक जानकारी छैन । शुक्रबार साँझसम्म पनि आधिकारीक पत्र, म्यासेज, इमेल वा फोन केही आएको छैन । आधिकारिक जानकारी पाएपछि प्रधानमन्त्रीसँग छलफल गर्छु । राजनीतिमा यस्तो उतारचढाव भइरहन्छ, मैले सामान्य रुपमा लिएको छु ।’ (केशव स्थापित, निवर्तमान मन्त्री
यस अघि स्थापित काठमाडौ महानगरपालिको मेयर हुदा एक महिलाले आफुलाई स्थापितले यौन प्रस्ताव राखेको र अस्वीकार गर्दा जागिरबाट निकालेको भन्दै आरोप लगाउदै आएकी थिइन ।