काठमाडौ ७ माघ । जनतासंग सिधा कुरा टेलिभिजन कार्यक्रमका प्रस्तोता रवि लामिछानेले विवाह गरेका छन । उद्धव पौडेलकी छोरी निखिता पौडेलसंग सोमबार रवि लामिछानेले विवाह गरेका हुन । रवि लामिछानेले सोमबार जिल्ला अदालत काठमाडौमा गएर पौडेलसंग विवाह गरेका हुन । अदालतमा विवाह गरेपछि लामिछानेले आफनो फेसबुक स्टाटस लेख्दै भनेका छन ब्यक्तिगत जीवनको नयाँ मोड लिएको बताएका छन ।
लामिछानेले स्टाटसमा हतारमा विहे गर्नु अवस्था नभएपछि निखिता र आफनोबारे विभिन्न समाचारहरु आएर मानसिक यातना दिएका कारण हतारमा विवाह गर्नु परेको बताएका छन । हतारमा अदालतमा गएर विवाह गरेपनि आगामी बैशाखमा परम्परागत रुपमा विवाह गर्ने बताएका छन । यस्तो छ रविको स्टाटस ‘ ब्यक्तिगत जीवनले नयाँ मोड लिएको छ।एक अर्काका परिवार, आफन्त र नातागोताको छलफल र अनुमतिमा आज निकिता पौडेल जी र मैले कानुनी रुपमा काठमाडौं जील्ला आदालतमा बिवाहा दर्ता गरेका छौ। यो निर्णय यति छिटो गर्ने योजना नै थिएन। तर हामी दुबै प्रती जसरी मानसिक यातना नै हुने गरि अनवरत समाचार र खोजबीन चल्यो त्यसले हामीलाई एक अर्काको निकै खाचो पर्यो। हामी समस्त दर्शक शुभ चिन्तक,परिवार इस्टमित्रहरु बाट एउटै मात्र कुरा चाहन्छौ, आशिर्वाद। परम्परागत रुपमा हामी आउदो बैशाखमा बिवाह गर्ने छौ। यो हाम्रो नितान्त ब्यक्तिगत जीवन हो। कसैको चर्चा, आलोचना, सुझाव, ब्याख्यामा हामी अटेनौ भने हामीलाई माफ गर्नु होला। हाम्रो भोगाई र तपाईंको सोचाइ नमिल्न सक्छ। हामी दुबैजना यो निर्णयबाट एकदमै खुशी छौ। र हामी सबैबाट हाम्रो सुखद दाम्पत्य जीवनकालागि शुभ कामना मात्र चाहन्छौ।’
